धनकुटाको रुद्रबारीमा धनकुटे बसले किचेर एक महिलाको ज्यान गयो।

27Shares

पौष ९ धनकुटा /नरेन्द्र कश्चित
आज विहान धनकुटामा वसले किचेर एक महिलाको मृत्यू भएको छ । धरानबाट धनकुटा हुँदै भोजपुर तर्फ गईरहेको को १ ख ४०७४ नं वसले किच्दा धनकुटा नगरपालिका ९ रुद्रवारी की अनुमानित ४५ वर्षकी गुणा राई को मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिला सोही वसमा रुद्रवारीबाट धनकुटा आइ जिरोप्वईटमा वसबाट झर्नेक्रममा वसको पछाडीको चक्काले किचेको हो । उनको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । धनकुटा ९ मुलघाटका वस चालक नविन लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

27Shares