भर्खरै झापामा दुर्घटना ! २ जना ठहरै।

10Shares

पौष १०
झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-३ सुरङ्गा स्थित हरिकुल संस्कृत विद्यालय अगाडि मे१क १४१ नम्बरको स्कुल बसले मे९प ५५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार गौरादह नगरपालिका-८ भुडीसिमल निवासी अन्दाजी ६६ वर्षीय ढावालाल राजवंशीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा बिहीबार मृत्यु भएको हो।

यता, मोटरसाइकल चालक गौरीगञ्‍ज गाउँपालि-(३ निवासी २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। यता, प्रहरीले स्कुल बस र चालक तिलक बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

त्यस्तै, झापाको कनकाई नगरपालिका-४ कोटीहोम नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी-६१ए-९३८५ नम्बरको भारतीय नम्बरको प्लेटको ग्यास बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक इलाम जिल्ला माई जोगमाई गाउँपालिका-४ निवासी ४० वर्षीय शुभराज लिम्बू र सोही मोटरसाइकलको पछाडि सवार उनकै भाइ ३६ वर्षीय चन्द्रकुमार लिम्बू घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाइकलमा पछाडि सवार चन्द्रकुमारको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।

10Shares