चालकलाई पक्राउ गरि कानुन बमोजिम कार्वाही र क्षतिपुर्ती बिना ट्रकको ठक्करबाट मृत्यु भएको राकेश राईको शव आफन्तले नबुझ्ने

42Shares

वैशाख १४ धनकुटा ।-नरेन्द्र कश्चित

ट्रकको ठक्करबाट मृत्यू भएका धनकुटा साँगुरीगढी १० आहालेका युवकको शव आफन्तले वुझ्न अस्वीकार गरेका छन् ।

इटहरी धरान-सडक खण्ड अन्तर्गत तरहराको पानीपियामा ट्रकले ठक्कर दिँदा मृत्यू भएका २४ वर्षका राकेश राई को शव वुझ्न आफन्तले अस्वीकार गरेका हुन् ।

दूर्घटनामा संलग्न ट्रकका चालक पक्राउ नपरे सम्म शव नवुझ्ने मृतकका आमा बुवा राज कुमारी र अक्ल राईले वताएका छन् । उनिहरुले मोटर साईकललाई ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरी कानुन अनुसार कारवाही गरिनु पर्ने र तत्काल क्षतिपूर्ति दिनु पर्ने माग समेत गरेका छन् । ना ५ ख ५८२३ नं को ट्रकले पछाडीबाट सोमवार दिउँसो ठक्कर दिदा गम्भिर घाईते भएका राकेशको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शी ट्राफीक प्रहरी जवान केशव कुमार जोशीका अनुसार इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा सवारी सधानलाई मास्क लगाउन अनुरोध गर्दै चेकजाँच गर्ने क्रममा करिब ५ सय मिटर पर ठक्करदिने ट्रक अनियन्त्रित गतिमा आइरहेको र त्यसको ठिक अगाडी मोटरसाइकल आइरहेकोमा मैले सिटी बजाउदा बजाउदै ट्रकको अघिल्लो भागले ठोकेको र बाइक एकापट्टी बाइकमा सवार मृतक अर्कोपट्टी ढलेको देख्दादेख्दै ट्रकको दाहिने पाङ्ग्राले कम्मरमा किचेको कुरा बताउनु भयो ।

‌ दूर्घटनापछि अन्य सवारी साधनका यात्रुले उद्दार गरी उनलाई उपचारका लागि प्रतिष्ठानमा पुर्याएका थिए । उनि प्रदेश १-०२-०४० च ५८२७ नम्बरको मोटरसाइकलमा सवार थिए । मृतकको शव अहिले अस्पतामै छ । आफन्तका अनुसार उनि धनकुटाकै साँगुरीगढी गाउँपालिका डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत् स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) पद मा कार्यरत थिए ।

42Shares