धनकुटाको पाख्रीबास भैसेमा बोलेरो जीप गाडी ब्रेकफेल हुदाँ दुर्घटना, ७ घाइते


 

मंसिर २ धनकुटा ।

धनकुटाकाे पाख्रीवास नगरपालिका ५ भैसेमा सवारी दूर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा भोजपुर षडानन्द नगरपालिका ५ का १९ वर्षीय विमला कार्की,वडा नं ४ का ५९ वर्षीय सन्त बहादुर तामाङ,भोजपुर सिलिचो गाउँपालिका वडा नं ६ का ७ वर्षीय सञ्जिब विक,झापा दमक नगरपालिकाका २९ वर्षीय ईन्द्रलाल वन सन्यासी,संखुवासभा खाँदबारी नगरपालिका वडा नं ४ का २८ वर्षीय निमा वाङ्दी शेर्पा,वडा नं ५ का ८ वर्षीय कुसुम खड्का र सोही स्थानका वर्ष ६५ का धनकुमारी खड्का घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको टाउको र कुममा बढी चोट लागेको छ । दमकबाट संखुवासभा खाँदबारी तर्फ जाँदै गरेको को १ ज २६२९ नम्बरको बोलेरो जिपगाडी ब्रेक फेल भइ दूर्घटना हुँदा घाईते भएका सबैलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!