भारतले टिकटक सहित चीनिया ५९ एप्स बन्द गर्ने भए पछि चिनले दियो यस्तो चेतावनी।


असार १८ । भारतले ५९ वटा चिनियाँ एप बन्द गरेपछि यस विषयमा चीनले चिन्ता व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘यो पूरा घटनाक्रमले चीन चिन्तित छ र पूरै मामिलाको जानकारी लिइरहेको छ ।’ हिजो मोदी सरकारले लोकप्रिय एपहरु टिकटक, शेयरइटलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

      चीनको विदेश मन्त्रालयले भनेको छ ‘हामी यो कुरामा जोड दिन चाहन्छौं कि चीन सरकार सधैं चिनियाँ व्यवसायहरुलाई अन्तर्राष्ट्रिय र स्थानीय कानुन–विनियमहरुको पालना गर्न भन्छौं  ।

भारत सरकारसँग चिनियाँ लगानीकर्तासहित अन्तर्राष्ट्रिय लगानीकर्ताको कानुनी अधिकार कायम राख्ने जिम्मेवारी छ ।’ अहिले भारतले यी एपमाथि लगाएको प्रतिबन्ध अन्तरिम हो ।

       अब यो विषय एक समितिकहाँ जानेछ । प्रतिबन्धित एपले समितिसमक्ष आफ्नो पक्ष राख्न पाउँछ । त्यपछि प्रतिबन्ध कायम राख्ने वा हटाउने भन्ने निर्णय समितिले गर्नेछ ।

भारत र चीनबीच जारी तनावको चपेटामा चिनियाँ कम्पनी हुवावे पनि पर्न सक्ने आशंका गरिएको छ । हुवावे भारतमा फाइभजी नेटवर्क विस्तारको लागि प्रमुख दावेदार कम्पनीमध्ये एक हो ।

    भारतले अहिलेलाई फाइभजी नेटवर्क विस्तारको टेण्डर प्रक्रिया एक वर्षको लागि स्थगित गरिसकेको छ । तर, गत वर्ष हुवावेलाई फाइभजीको टेण्डर प्रक्रियामा सहभागी हुन अनुमति दिइएको थियो ।

      पछिल्लो पटक भारतले चिनियाँ उत्पदन बहिष्कार अभियान चलाएपछि चीनले भारतलाई दुइ देशविचको व्यवसायमा गम्भीरअसर पुग्ने चेतावनी दिदै आएको छ। भारतीय बजारमा चिनियाँ मोबाइलको हिस्सा करिव ७० प्रतिशत छ। भारतमै उत्पादन हुने कयैन विद्युतीय उपकरणहरु पनि चिनियाँ कम्पनिकै पार्ट्समा भर पर्नुपर्ने अवस्था छ।