कम्प्युटर व्यवसायी एशोसिएसन धनकुटाको अध्यक्षमा विजय शेखर

10Shares

माघ १३ धनकुटा ।
धनकुटा जिल्लामा कम्प्युटर एशोसिएसन महासंघ नेपालको भेला सम्पन्न भएको छ ।

धनकुटामा भएको जिल्ला भेलाले कम्प्यूटर व्यवसायी विजयशेखर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कम्प्युटर एशोसिएसन महासंघ धनकुटा तदार्थ समिति गठन गरेको छ ।सदस्यहरुमा क्रमश शिशिर श्रेष्ठ, वसन्त ढुंगेल, दिपक घिमिरे र उमा घिमिरे चयन हुनुभएको छ ।

जिल्ला भेला क्यान प्रदेश नं १ का अध्यक्ष भवकृष्ण तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।
भेलामा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरले अवको आवश्यक्ता टोल टोलमा डिजिटल प्रविधि भित्राउन आवश्यक भएको वताउनुभयो ।

कार्यक्रममा क्यानका केन्द्रीय महासचिव नारायण थापा, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, नवगठित समितिका संयोजक विजयशेखर श्रेष्ठ लगायतकाले आ-आफ्नो विचार राखेका थिए ।

10Shares