वर्षा राउतले आखिर के भनिन कि यति धेरै आलोचित भाइन?


जेष्ठ ११। नेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन ।


उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।यता नेपालले आफ्नो भूमि आफ्नो नक्सामा समावेश गरेको छ भने भारतमा चाहिँ यही कारणले आक्रोश उत्पन्न भएको छ । भारतीय मिडियाहरु नेपाल सरकार, नेपालीमाथि खनिएका छन् । यो सबलाई बेवास्ता गर्दै अभिनेत्री मनिषा कोइरालाले देशप्रतिको माया देखाएकी छिन् ।
भारतीय टिभी च्यानलहरुले चर्को विरोध गर्दा पनि उनी आफ्नो देशको माया अडिग छिन्, नेपालको जग्गा भारतले अतिक्रमण गरेको हो भन्ने निक्र्योलमा अडिग छिन् । तर, नेपालकै अभिनेत्री वर्षा राउतलाई भने यो कुरा मन परेको छैन ।शनिबार एकाएक उनले दिएको यस्तै अभिव्यक्तिको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा उनले प्रष्टरुपमा भनेकी छिन्– यता र उताका पत्रकार झगडा गर्दा मलाई मेरा इन्डियन साथीसँग फेस गर्न समस्या भयो । सन्दर्भ हो, सिनेपाटी नामको एक युट्युब च्यानलमा आएको वर्षा र प्रियंकाको एक भिडियो अन्तर्वार्ताको ।