
नेपाली चलचित्र क्षेत्रका दुई हस्तीको निधनले सारा नेपाली मर्माहत भएका छन् । शनिबार कलाकार दीपक क्षेत्री र आइतबार राति कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले कलाक्षेत्रसहित सारा नेपाली दुःखी भएका छन् ।
दिवंगत क्षेत्री र भट्टराईको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि सोमबार दिउँसो चलचित्र विकास बोर्डको कार्यालय परिसरमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जलि दिन पुगेका कलाकारहरु बलिन्द्र आँशु बगाउँदै रोइरहेका थिए ।
कलाकारमात्रै होइन श्रद्धाञ्जलि दिन पुगेका सबैका आँखा रसाएका थिए । कलाकार क्षेत्री र भट्टराईको सोमबार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।