राम कृष्ण ढकाल र निलम शाह को डिभोर्स पछी पनि एउटै घरमा बस्दै, वास्तविकता के हो?


गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेका छन् । भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् ।

बुधबार औपचारिक डिभोर्स भएपनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैको चासो बढेको छ । ढकाल केही समययता ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने देखिएको छ ।

घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन् ।

ढकालले आफू विदेश जान नचाहेको र पत्नीले जाने इच्छा गरेको विषय समेत सम्बन्ध बिच्छेदको कारण भनेका छन् । यसबाट उनले आफूलाई राष्ट्रवादी देखाएर लोकप्रीयता बटुल्न खोजेका छन् ।

१७ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लगाउँदै गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध बिच्छेद गरेका हुन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा पारपाचुकेको मुद्दा दायर गरी बुधबार अदालतले सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।