साथी सहकारी संस्था धनकुटाको साधारण सभा सम्पन्न।


धनकुटा २४ पौष ।
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको १२ औ साधारण सभा आज सम्पन्न भयो ।

शेयर सदस्यहरुलाई १० प्रतिसश बोनस वितरण गर्ने र विषयगत सहकारीहरुसंग मर्ज गर्नका लागी अभियान संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गर्दै सहकारीको साधारणसभा सम्पन्न भएको हो ।
उक्त साथी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठले गर्दै सहकारी अभियानबाट मुलुकलाई समृद्धी बनाउन सकिने वताउनु भयो ।

साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।साधारणसभामा सहकारीका सचिव विजय सन्तोषी राईले प्रगती प्रतिवेदन,कोषाध्यक्ष रुपेश श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक शैलेसमान श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा धनकुटा जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष सावित्रि देवी श्रेष्ठ,साथी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रोशेष श्रेष्ठ,सहसचिव अशिम शाक्य, सदस्यहरु टेक वहादुर डंगोल,कुमार श्रेष्ठ,सुजता श्रेष्ठ,कुसुम श्रेष्ठ जोशी,व्यवस्थापक दिपिका श्रेष्ठ,निर्वतमान सदस्य शान्ति श्रेष्ठ ,शेयर सदस्य नारायण घिमिरे लगायतकाले आर्थिक समृद्धीको आधार सहकारी भएको वताउनु भयो ।
सो अवसरमा ऋणिहरु मध्ये उत्कृष्ठ ऋणि बाल कृष्ण तितुङ र उत्कृष्ठ बचतकर्ता नारायण घिमिरेलाई साथी सहकारीको तर्फबाट पुरस्कुत गरिएको थियो ।