नाप तौल दर्ता र नविकरण अभियान पाख्रिवास,सिधुवा,हिले र धनकुटा बजारमा सम्पन्न।


धनकुटा २५ माघ ।

धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटामा संचालन गरेको घर दैलोमानै नाप तौल नविकरण तथा दर्ता,सचेतना कार्यक्रम आज सम्पन्न भयो ।
धनकुटा उद्योग बाणिज्य संघले गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटा जिल्लाको पाख्रिवास बजार,हिले बजार,सिधुवा बजार र धनकुटा बजारमा गरी तिन दिन सम्म संचालन गरेको नाप तौल डोर मुकामका कार्यक्रम अर्न्तगत चार सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र तिन सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग बाणिज्य संघको अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघले आयोजना गरेको नाप तौल डोर मुकाम कार्यक्रम अन्र्तगत धनकुटाको पाख्रिवस बजार,हिले,सिधुवा र धनकुटा बजारका व्यापारी तथा व्यावसायी र उद्योगीहरुको नाप तौलको गुणस्तर तथा नाप तौल विराटनगरका निरिक्षक संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीले प्रत्यक्ष निरिक्षण तथा चेक जाच गरी नविकरण तथा दर्ता गर्नु भएको थियो ।
आज भएको धनकुटाको पाख्रिवास बजारको नाप तौल सम्वन्धि डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य देव वहादुर गहतराज उद्योग बाणिज्य संघ पाख्रिवास शाखाका अध्यक्ष केशव राई, जिल्ला समन्वय समितिका सदस्य डागम कुमार राई,पूर्व वडाध्यक्ष भक्त वहादुर गुरुङ्ग लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गर्नु भएको थियो ।
धनकुटाको हिले बजारमा भएको डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,पूव उपाध्यक्ष रुकमान तामाङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ट,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु डिजेश शाक्य,राम घिसिङ्ग,नगेन्द्र काफ्ले,समाजसेवी शमशेर गोङ्वा लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गर्नु भएको थियो ।
यसैगरी धनकुटाको छथरजोरपाटीको सिधुवा बजारमा भएको डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु नविन श्रेष्ठ,महेन्द्र थापा, उद्योग बाणिज्य संघ छथरजोरपाटी शाखाका अध्यक्ष शिव श्रेष्ठ,सचिव दिवस खड्का लगायतले नाप तौल दर्ताको बारेमा सहजीकरण गर्नु भएको थियो ।

धनकुटा बजारमा भएको डोर मुकाम कार्यक्रमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,उज्वल कर्माचार्य, रिदम श्रेष्ठ,नेपाल सुन चादी कला व्यावासायी संघ धनकुटका अध्यक्ष शंकर ल्वागुन,कोषाध्यक्ष मनोज ल्वागुन,सहसचिव शिखर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधान ,कर्मचारीहरु मुकेश राई,मनिस श्रेष्ठ,नवराज श्रेष्ठ लगायतले नाप तौल दर्ता तथा नविकरणको प्रक्रियाको वारेमा व्यावसायीहरुलाई सहजकीरण गर्नु भएको थियो ।
धनकुटाको पाख्रिवास,सिधुवा,हिले र धनकुटा बजारमा नाप तौलको दर्ता तथा नविकरण अभियान अर्न्तगत डोर मुकामका कार्यक्रमका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटाका एक समारोहका विच तीन दिन अघि शुभारम्भ गर्नु भएको थियो ।