धनकुटा उद्योग बाणिज्य संघद्धारा अभिनन्दन कार्यक्रम सम्पन्न।

9Shares

धनकुटा २६ माघ, धनकुटा
उद्योग बाणिज्य संघले आज धनकुटाका उद्योगी,व्यावसायीहरुलाई सहयोग गरेकामा धनकुटामा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका कर्मचारीहरुलाई र सहयोग गर्ने महानुभावहरुलाई अभिनन्दन गरेको छ ।
धनकुटा जिल्लाको धनकुटा,हिले,सिधुवा र पाख्रिवास बजारका व्यापारी तथा व्यावसायी र उद्योगीहरुको घर आगनमानै धनकुटा उद्योग बाणिज्य संघले आयोजना गरेको डोर मुकाम कार्यक्रममा सहभागी भै महत्वपूर्ण सहयोग गर्नु भएकोमा नाप तौलको गुणस्तर तथा नाप तौल विराटनगरका निरिक्षक तथा टोली प्रमुख संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरी लाई धनकुटामा अभिनन्दन गरिएको हो ।
अभिनन्दन हुने गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका निरिक्षक तथा टोली प्रमुख संजिव कुमार ठाकुर लगायतका कर्मचारीहरु र व्यक्तित्वहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु अम्विका धमला,रेजिना पलिखे,उज्वल कर्माचार्यले खादा ,अविर तथा टिका लगाई दिई सम्मझनाको लागी धनकुटाको चिनो समेत प्रदान गरी अभिन्नदन गर्नु भएको थियो ।
धनकुटाकै हिलेमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,पूर्व उपाध्यक्ष रुकमान तामाङ्ग र समाजसेवी शमसेर गोङ्वालाई खादा लगाई सम्मान गर्नु भएको थियो ।
धनकुटा उद्योग बाणिज्य संघले गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटा जिल्लाको पाख्रिवास बजार,हिले बजार,सिधुवा बजार र धनकुटा बजारमा गरी तिन दिन सम्म संचालन गरेको नाप तौल डोर मुकामका कार्यक्रम अन्र्तगत चार सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र तिन सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग बाणिज्य संघको कार्यालय सचिव सिचन प्रधानले वताउनु भयो ।

9Shares