धनकुटा उद्धोग बाणिज्य संघको कर शिक्षाबारे अन्तरक्रिया सम्पन्न


धनकुटा २९ माघ,
धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटामा कर शिक्षाको वारेमा छलफल तथा अन्र्तक्रिय कार्यक्रमका साथ स्वागत तथा सम्मान कार्यक्रम समेत गरेको छ ।
धनकुटा जिल्लामा कर शिक्षा संचालन गर्नका लागी करदाता सेवा कार्यालय धनकुटासंग धनकुटा उद्योग बाणिज्य संघले छलफल गरी भरखर सरुवा भै आउनु भएका कर अधिकृत प्रदिप कटेललाई स्वागत तथा सम्मान गरेको छ ।
उक्त कायक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,सचिव श्रीराम रायमाझी लगायतले धनकुटा उद्योग बाणिज्य संघले संचालन गरी रहेको कर शिक्षाको वारेमा प्रस्तुत गर्नु भएको थियो भने करदाता सेवा कार्यालय धनकुटाका कर अधिकृत प्रदिप कटेलले धनकुटा उद्योग बाणिज्य संघ संग सहकार्य गरेर कर सचेतना शिक्षा संचालन गर्ने वताउनु भयो ।
सो अवसरमा भरखर करदाता सेवा कार्यालय धनकुटा आउनु भएका कर अधिकृत प्रदिप कटेललाई अध्यक्ष सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष तितङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ठ,महिला उपाध्यक्ष निर्मला राई सिचव रायमाझी,निर्वतमान अध्यक्ष उमेश घिमिरे,जिल्ला सहकारी संघ धनकुटाका निर्वतमान सचिव दिनेश राई,धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रेवती प्रसाद अधिकारी,उज्वल कर्माचार्य,रिदम श्रेष्ठ,शोभा श्रेष्ठ,सुनिता थापा,नविन श्रेष्ठ,महेन्द्र थापा,राम घिसिङ्ग,नगेन्द्र काफ्ले,नव ज्योती सहकारी संस्था हिलेका अध्यक्ष धिरेन थिङ्ग ,कार्यालय सचिव सिचन प्रधान लगायतले खादा माला टिका लगाई दिई स्वागत तथा सम्मान गर्दै कर शिक्षाको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले र कायक्रमको संचलन सचिव श्री राम रायमाझीले गर्नु भएको थियो ।
यसैगरी धनकुटा उद्योग बाणिज्य संघले आजै हिलेमा निर्माण गरेको वयर हाउस संचालनको विषयमा धनकुटका सहकारी संस्थाहरुसंग छलफल तथा अन्र्तक्रिया समेत गरेको कार्यालय सचिव सिचन प्रधानले वताउनु भयो ।