धनकुटामा प्रभावकारी रुपमा गरिखाने अभियान संचालन गर्न संयोजक वरिष्ठ उद्योग पती बिनोद चौधरीसंग भेटघाट।


धनकुटा १३ फाल्गुण,राजैनितिलाई दिगो र सम्मानित बनाउनका लागी धनकुटामा गरिखाने अभियान प्रभावकारी रुपमा संचालन गर्न अभियानका संयोजक तथा वरिष्ठ उद्योगपती सांसद बिनोद चौधरीसंग धनकुटामा प्रतिनिधी मण्डलले आज अनुरोध गरेका छन ।
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक बिनोद चौधरी संग झापाको धुलावारीमा सो समितिका १ नम्व प्रदेश सदस्य तथा पार्टीका कोषाध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटा सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,निर्माण व्यावसायी संघ धनकुटाका उपाध्यक्ष प्रकाश राइ लगायतका प्रतिनिधि मण्डलले भेटघाट गरी उक्त अनुरोध गर्नु भएको हो ।
वरिष्ठ उद्योगपती तथा कांग्रेस नेता प्रतिनिधि सभाका सदस्य बिनोध चौधरीले सवै कांग्रेसजनलाई उद्यमी बनाउदै दिगो राजनिति गर्ने वातावरण सिर्जना गरी राजनितिलाइ सम्मानित बनाउन गरिखाने अभियान संचालन गरेको जानकारी गराउदै धनकुटा लगायत सवै जिल्लामा प्रभावकारी रुपमा गरिखाने अभियान संचालन गर्ने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक सांसद वरिष्ठ उद्योगपती बिनोद चौधरी,सहसंयोजक पूर्व मन्त्री दिपक खडेका,सहसंयोजक पूर्व मन्त्री इन्द्र बानिया,सहसंयोजक शिक्षा विद उमेश श्रेष्ठ लगायत समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समिति १ नम्वर प्रदेब समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द्र पोखरेल,गरिखाने अभियानका सिओ राजु नेपालले दिनु भएको प्रशिक्षण कार्यक्रममा समेत धनकुटाका प्रतिनिधि मण्डले भाग लिएको थियो ।