काग्रेसको गरिने खाने कार्यक्रम धनकुटाको लेगुवाको रामबजार र गुठमा।

16Shares

धनकुटा १५ फाल्गुण ,धनकुटाको महालक्ष्म िनगरपालिकाको लेगुवाको रामवजार र गुठमा नेपाली कांग्रेसको कार्यक्रम सम्पन्न भएको आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाले महालक्ष्मी नगरपालिकाको रामबजार र गुठमा आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रममा पार्टी संगठन विस्तार,अहिलेको समसामयिक विषयमा छलफल हुनुका साथै कांग्रेसले संचालन गरिरहेको गरिखाने कार्यक्रमको वारेमा समेत सहजिकरण भएको थियो ।
उक्त कार्यक्रमहरुमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसले मात्र संविधान र लोकतन्त्रको रक्षा गर्ने वताउनु भयो ।
उक्त कार्यक्रमहरुमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सविच विजय सन्तोषी राई,जिल्ला सदस्य सुमना तिम्सिना,महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज राय,सचिव शिव विक,पूर्व जिल्ला सदस्यहरु इन्द्र कुवर,अमृत गिरी लगायतले मुलुकमा देखिएको अन्यौल र अस्थिरतालाई समाप्त गर्न कांग्रेसले अव देशभरी नेतृत्व गर्दै जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ६ का सभापति प्रबिण गिरिको अध्यक्षतामा सम्पन्न भएको गुठको कार्यक्रममा स्वागत मन्तव्य सदस्य टेक वहादुर गिरीले गर्नु भएको थियो भने कार्यक्रमको ंसंचालन सचिव गुणराज श्रेष्ठले गर्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेस महालक्ष्म िनगरपालिका वडा नं. ५का सभापति राजिव बुढाथोकीको अध्यक्षताा राम बजारमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य ज्ञानु गुरुग,पाख्रिवास नगरका कार्यवहाक सभापति प्रेम भण्डारी,भूपू सैनिक संघका क्षेत्रिय सभापति श्याम प्रकाश राई समेतले आ आ आफ्नो धारणा राख्नु भएको थियो ।

16Shares