प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शहिदभुमी गाउँपालिकामा २ सय २८ लाई रोजगार

26Shares

फागुन १८ धनकुटा ।
धनकुटाको सहिदभुमि गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालुआर्थिक वर्ष २ सय ५८ जना बेरोजगार यूवाले रोजगारी पाएकाछन् । उनिहरुले यस पटक १ करोड ३३ लाख ३९ हजार बराबरको सय दिनको रोजगारी प्राप्त गरेका हुन्।
उनिहरुलाई सडक पूर्वाधार निमार्ण , विद्यालयको वाल उठाउने , खानेपानी मुहान कुवा मर्मत , गाँउपालिकाको सेलेले झरर्ना मर्मत सम्भार गरी जम्मा २० वटा योजनामा रोजगारी दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सिता पौडेलले जानकारी दिनु भयो । यस अघि अघिल्लो वर्षमा २०७५ सालमा १ सय १२ जनाले २३ लाख र २०७६ मा ५७ जनाले १३ लाख ५९ हजार बराबरको रोजगारी पाएका थिए । त्यस्तै गाउँपालिकाको तर्फबाट पनि श्रममुलक काम अन्तरगत रोजगारी प्रदान गर्नका लागि ३५ लाख बजेट विनियोजन गरिएको रोजगार संयोजक सीता पौडेलले बताउनु भयो । उहाले गाउँपालिका बाट छुट्टयाएको बजेट ३५ लाख बाट कामगर्नेहरूले सडक निर्माण तथा मर्मत क्षेत्रमा काम पाउने बताउनु भयो ।
यसैवीच यो कार्यक्रम सम्बन्धि गाँउपालिकाका अध्यक्ष मनोज राईको अध्यक्ष्ता तथा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयालको प्रमुख आतिथ्यमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहिदभुमि गाँउपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका रोगार दाता तथा गाँउपालिकाको जनप्रतिनीधि , कर्मचारीहरु वीच प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीता, कार्यक्रम सञ्चालनको अवस्था, कार्यक्रमको सकारात्मक तथा नकारातम्क पक्ष ,सुधार गर्नु पर्ने पक्षको विषयमा छलफल भएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।

26Shares