धनकुटा पाख्रीबास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


चैत १ धनकुटा ।
धनकुटाको पाख्रीवास नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री रोजगार कार्यक्रम शूरु भएको छ ।

नगरको वडा नं २ स्थित वरचौतारा खानीगाउँ ग्रामीण सडक स्तरोन्नती आयोजना मार्फत पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको शूरुवात गर्नु भएको नगरका रोजगार संयोजक नारायण वस्नेतले जानकारी दिनुभयो ।

यो कार्यक्रम मार्फत यस वर्ष पाख्रीवास नगरपालिकाका १० वटै वडाका जम्मा २ सय ४ जनाले रोजगारी पाएको उहाँले वताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यो वर्ष नगरका ६ सय ३९ जना सूचिकृत भएका मध्ये २ सय ४ जनाले मात्र १ सय दिनका लागि काम पाएका हुन् । रोजगारी पाएकाहरुले प्रतिव्यक्ति दैनिक रु ५ सय १७ रुपयाँ को दरले पारिश्रमिक पाउनेछन् । पालिका वा संघिय सरकारले तोकेको मध्ये जुन दररेटमा पारिश्रमिक उपलव्ध गराए पनि हुनेमा गत वर्ष ६ सय ४० रुपयाँको दरले पारिश्रमिक दिईएको भएपनि यस वर्ष संघिय सरकारले तोकेको दररेट अनुसार प्रतिदिन प्रतिव्यक्ति ५ सय १७ रुपयाँको दरले पारिश्रमिक प्रदान गरिएको रोजगार संयोजक वस्नेतले स्पष्ट पार्नुभयो । उनिहरुको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानि गरिने जनाईएको छ । पाख्रीवास नगरपालिकामा यो कार्यक्रम किन ढिलो शूरु भयो भन्ने विषयमा उहाँले संघिय सरकार मार्फत सर्शत अनुदानमा प्राप्त रकमको शतप्रतिशत श्रमिक ज्यालामा खर्च गर्नु पर्ने, आयोजना सञ्चालनका लागि औजार, श्रमिकका लागि सूरक्षात्मक सामाग्री नगरकै श्रोतबाट व्यवस्थापन गर्नुपर्ने र आवश्यक सम्र्पूण प्राविधिक स्टिमेट सकेर मात्र यो कार्यक्रमको शूरुवात गरिएको स्पष्ट पार्नुभयो ।