धनकुटाको महालक्ष्मीको मूर्तीढुंगाको गणेशटारमा समायोजनका साथ गरिखाने कार्यक्रमको।


चैत्र २ धनकुटा ।
धनकुटा जिल्लाको मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम आज आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले मुलुकमा अव निर्वाचनको विकल्प नरहेको वताउनु भयो । उहाले नेपाली कांग्रेसले विजय प्राप्त गरेपछि मात्र मुलुकको सवै समस्या समाधान हुने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागी नेपाली कांग्रेस क्रियाशिल रहेको वताउनु भयो ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ का सभापति प्रेम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सवै नेपालीहरुलाई समक्ष बनाउन नेपाली कांग्रेसले गरि खाने अभियान संचालन गरेको वताउदै गरिखाने अभियानका वारेमा सहजीकरण गर्नु भएको थियो । उहाले अव प्रत्येक नेपालीलाई उद्यमशिल बनाउदै गरि खाने अभियानमा जोड्ने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य भक्तलाल मादेन,वडा उपसभापति मान प्रसाद काफ्ले,युवा नेताहरु खगेन्द्र मादेन, मदन घिमिरे,असित थापा लगायतले नेपाली काग्रेसले अव गाउ गाउबाट जागरण ल्याउनु पर्नेमा जोड दिनु भयो भने कार्यक्रमको संचालन पार्टी सचिव कमल विकले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन राप्रपाका ३ सय २ जनालाई कांग्रेसमा समायोजन गर्दै पार्टी सदस्यता नेपाली कांग्रसका सहमहामन्त्री सुनिल वहादुर थापा,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई,वडा सभापति प्रेम प्रसाद ढकालले प्रदानगरी टिका तथा अविर लगाई दिनु भएको थियो ।
सोही समारोहमा गरिखाने कार्यक्रमको उद्यमीशिला बनी व्यावसाय संचालन गर्नका लागी फारम समेत वितरण गरी फर्ने तरिकाको वारेमा समेत जिल्ला सचिव विजय सन्तोषी राईले सहजीकरण गर्नु भएको थियो ।