हिले पाख्रीवास सडकखण्डमा आगामी वैशाख १५ भित्र कालोपत्रे गरिसक्ने

45Shares

चैत ९ धनकुटा ।

मध्यपहाडी लोकमार्ग अन्त्तर्गत धनकुटाको हिले पाख्रीवास सडकखण्डमा आगामी वैशाख १५ गतेभित्र कालोपत्रे गरिसक्ने निर्णय भएको छ ।

आज धनकुटाको पाख्रीवास नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सरोकारवाला निकायका पदाधिकारी तथा निर्माण व्यवसायी वीच वसेको वैठकले उक्त निर्णय गरेको हो ।

पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा वसेको वैठकले तोकिएको मितिमा सडक कालोपत्रे सम्पन्न नभए कार्यालयद्वारा ठेकेदारले योजना सम्झौता गर्दाको धरौटी एपीजी तान्ने समेत निर्णय गरिएको छ ।

बाँकी काम वैशाख १५ बाट तत्काल शूरु गर्ने, १५ दिन भित्र सववेश को काम सम्पन्न गर्ने समेत निर्णय गरिएको नगरले जनाएको छ ।

त्यस्तै वैशाख १५ देखी नै पाख्रीवास पञ्चे सम्मको सडक खण्ड कालो पत्रे गर्ने काम प्रारम्भ गर्ने वारेमा निर्माण व्यवसायी रौताहा सन्तोषी विरुवा जेभिसँग वैशाख १० गते भित्र माङमाया पुल सम्म र जेष्ठ मसान्त सम्म माङमाया पुल देखी लेगुवा घाटसम्म कालो पत्रे सम्पन्न गरिसक्न पर्ने लगायतका प्रतिवद्धता भएको नगरका राजश्व शाखा प्रमुख खेम वस्तिले वताउनुभयो ।

सम्पूर्ण निर्माण ठेक्काको म्याद अवधि भित्र अनिवार्य रुपमा सम्पन्न गर्ने, ठेक्का नं ०७३/०७४/१० निर्माण व्यवसायी रौताहा विरुवा जेभिको लेगुवा संखुवासभा जाने वाटोको सम्वन्धमा वैशाख पहिलो हप्ता सम्म सववेशको सम्पूर्ण काम सम्पन्न गर्ने,वैशाख पहिलो हप्ताबाट वेश कार्य प्रारम्भ गर्ने र आगामी असार मसान्त सम्ममा तोकिए अनुसार सम्पूर्ण सडक खण्डको कालो पत्रे गर्ने वैठकमा निर्णय भएको नगर प्रमुख राईले वताउनुभयो ।

वैठकमा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल,प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

45Shares