पाख्रीबास नगरपालिका धनकुटामा औद्योगिक ग्रामको शिलान्यास


वैशाख २३ धनकुटा ।

धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

पाख्रिबास नगरपालिकाको आयोजनामा आज एक कार्यक्रमका वीच संघिय प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईले औद्योगिक ग्रामको शिलान्यास गर्नु भएको छ ।

औद्योगिक ग्राममा स्थानिय श्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी रोजगार सृजना गर्दै स्थानिय अर्थतन्त्रमा योगदान पुर्याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धीका लागि ग्राम सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा १ सय १७ रोपनी क्षेत्रफल रहेको जग्गामा औद्योगिकग्राम निर्माण गर्न लागिएको छ ।औद्योगिकग्राम शिलान्यास कार्यक्रममा बोल्नु हुदै सांसद राईले देशलाई आर्थिक रुपमा धनी बनाउन उघोग कलकारखाना खोल्न आवश्यक रहेको बताउनु भयो । बेरोजगार यूवाहरुलाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सकारले नीति बनाएर हरेक स्थानिय तहमा औद्योगिकग्राम निमार्ण गरिरहेको जानकारी गराउनु हुदै संसद राईले सरकारका नीति अनुसार पाख्रिबास नगरपालिकामा औद्योगिक ग्राम निमार्ण गर्न लागिएको बताउनु भयो ।औद्योगिकग्राम स्थापना भएपछि पाख्रीबासका मजदुर किसान तथा श्रमिकले रोजगारी पाउने संसद राईले बताउनु भयो ।

कार्यक्रममा पाख्रीवास नगरपालिका प्रमुख वृषवहादुर राईले ५४ करोडमा वन्न लागेको औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड वरावरको टेण्डर खुलेको जानकारी दिदै यसबाट भवन, बाटो निर्माणको काम गरिने वताउनुभयो । औद्योगिक ग्रामको डिपिआर तयार भईसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने नगर प्रमुख राईले बताउनु भयो ।

वडा नं ७ का वडाध्यक्ष फडिन्द्र तामाङको अध्यक्षतामा सञ्चालित औद्योगिक ग्राम शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले राख्नुभएको थियो ।उद्योगवाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङले औद्योगिक ग्राम स्थापना हुनुले पाख्रीवासको विकासमा एउटा ईटा थप्ने वताउनुभयो । कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नं ८ का वडाध्यक्ष सिताराम राई सहित राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, समाजसेवी वुद्धीजिवी लगायतको उपस्थिती रहेको थियो ।