अन्लाईन थारु डान्स स्टारको टप २१ छनौट कार्य सम्पन्न। कतिजना परे डेन्जर जोनमा हेर्नुस।


असार २२/ AB म्युजिकको फेसबुक पेज द्वारा सन्चालित नेपालकै पहिलो अनलाईन थारु डान्स स्टार को टप २१ छनौट कार्यक्रम शनिबार भएको छ।

अन्लाईन मार्फत सहभागी ४०० डान्सहरु मध्येबाट छानिएर २६ उत्कृष्ट डान्स हरुलाई टप २६ शृङ्खला मा राखिएको थियो। अब अर्को राउण्ड मा प्रवेश हुनको लागि यो टप २६ का डान्सरहरुले प्रस्तुती दिनु पर्ने थियो। शनिबार भएको प्रस्तुतिको आधारमा निर्णायक हरुको छनौटमा टप २१ छनौट गर्दै ५ जना प्रतिस्पर्धीहरुलाई डेन्जर जोनमा राखिएको छ।

२१ जना मध्ये ५ जनालाई डेन्जर जोन पार गर्नको लागि १-१ मौका दिइने छ। यदि राम्रो प्रस्तुती दिएको खण्डमा उनिहरुलाई अर्को शृङ्खला मा लगिनेछ।
सन्जु बाबा को निर्देशनमा सन्चालित यो कार्यक्रम को मुख्य प्रायोजकमा आशिन सुपरमार्केट, थारु चलचित्र जानम, प्रेम बन्धन रहेका छन।
अन्लाईन मार्फत चलाइने यो कार्यक्रम मा निर्णायक हरु पेमा लामा, वीर चौधरी, सुरेश चौधरी, ममता चौधरी र श्री निबाश चौधरी रहेका छन। कार्यक्रम का बिजेताहरुलाई पहिलो, दोस्रो, र तेस्रो लाई क्रमश: रुपैया १५०००, १०००० र ५००० का साथै प्रमाणपत्र प्रदान गरिनेछ।
यस कार्यक्रम हरेक इपिसोड नेपालको बिराट टेलिभिजन बाट प्रत्यक्ष प्रसारण भैरहेको छ।

भिडियो यहाँ हेर्नुहोस