बिबेक बने अन्लाइन थारु डान्स स्टार।

177Shares

साउन २६/ अनलाईन थारु डान्स स्टार १२ औ एपिसोड सकिए सङ्गै डान्सर बिबेक चौधरीले अन्लाइन थारु डान्स स्टारको उपाधी हात पारेका छन।
पहिलो उपाधि – बिबेक चौधरी

AB music को प्रस्तुतिमा सन्जु बाबाद्वारा निर्देशीत अन्लाई थारु डान्स स्टार फाइनलमा २ जना प्रतिस्पर्धि पुगेका थिए। विभिन्न ठाउबाट प्रतिस्पर्धा मार्फत चुनिएका टप २५ बाट हरेक एपिसोडमा प्रत्यक्ष प्रस्तुती दिदै आइरहेका प्रतिस्पर्धी हरु मध्ये २ जना उत्कृष्ट प्रतिस्पर्धीहरुले १२ औ एपिसोडमा फाइनल प्रस्तुती दिएका थिए।
१२औ एपिसोड सम्म आफ्नो प्रस्तुती दर्सक र निर्णायक सामु पस्केर छानिएका टप २ का प्रतिस्पर्धी हरु – बर्दिया बाट दिपिका जि एस, मोरङ्ग बाट बिबेक चौधरि थिए।

यो कार्यक्रममा पहिलो, दोस्रोर तेर्सो गरि ३ ओटा पुरस्कार राखिएको थियो। तेस्रो हुनेले रु ५०००, दोस्रो हुनेले रु १०००० र पहिलो हुनेले रु १५००० अनि सबै बिजेताहरुको लागि प्रमाण पत्र सहित मेडल प्रदान गरिएको थियो।
थारु चलचित्र जानम र प्रेम बन्धन को स्पोन्सर रहेको यो कार्यक्रम मा निर्णायक हरु मा सुरेश चौधरी, वीर चौधरी,सुनिता दहित, बिबस जि एस रहेका थिए। यो कार्यक्रम को हरेक एपिसोड बिराट टिभी, अन्लाइन थारु डान्स स्टार युट्युब च्यानल र AB music फेसबुक पेजबाट प्रसारण गरिदै आएको थियो।
विशेष अतिथी चर्चित गायिका अनु चौधरीद्वारा पुरस्कार प्रदान गरिएको थियो।

177Shares