थारु गित त्या कर्लेन कहेन को शुटिङ्ग मलेसियामा।


२२ भदौ /थारु नयाँ गित त्या कर्लेन कहेन को शुटिङ्ग कार्य धमाधम हुदैछ।

कासिन चौधरी को समधुर आवाज रहेको यो गितलाई देब कृष्ण बिस्वासले शब्द सङ्गीत गरेका छन। पैसावाला केटा सङ्गको प्रेम सम्बन्ध अनि आफ्नो धेरै मिल्ने साथी सङ्गको सम्बन्धलाई मुख्य कथा बनाइएको छ।गितमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ भने बिस्ट स्टुडियो ले रेकर्ड गरेको हो।
थारु चलचित्र का नायक सन्जय चौधरी उर्फ सन्जु बाबा को दम्दार अभिनय रहेको भिडियो मा निर्देशक जीवन राईले गोपिनी सापकोटालाई अफिसियल डेब्यु गराएका छन।
यस भिडियो लाई जीवन राईले निर्देशन तथा कोरियोग्राफ गरेका छन भने रुद्र तामाङ्ग ले क्यामेरा र ड्रोन चलाएका छन साथै प्रताप राईले क्यामेरा र लाइट सहयोग गरेका छन।
प्रेम र बियोगको कथा बनेको यो भिडियो छिट्टै बजारमा आउनेछ।