श्री राई को नया गित “नसम्झनु अब मलाई” सार्बजानिक।


२० असोज / प्रबाशमा बसेर गायन क्षेत्रमा प्रतिभा बनाइरहेका नव प्रतिभावान गायक तथा सर्जक श्री राई को नया गित “नसम्झनु अब मलाई” को भिडियो सार्बजानिक भएको छ। सजना इन्टेरटेनमेन्ट द्वारा सार्बजानिक गरिएको उक्त भिडियो लाई राजु सेन्चुरी ले निर्देशन गरेका छन। श्री राई को आफ्नै शब्द रचना र स्वर रहेको यो गितलाई राजु सेन्चुरी ले सङ्गीत भरेका र शैलेन्द्र एम प्रधान ले एरेन्ज/ मिक्सिङ गरेका छन। दुर्गा बान्तावा ले छायङ्कन गरेको यो भिडियो मा बिनोद बस्नेत, आयुस गुरुङ र अर्चना काउचा मगर को अभिनय देख्न सकिन्छ। मनोज राईले भिडियो सम्पादन गरेका छन। भिडियो यहाँ हेर्नुहोला।