
कार्तिक १,
गायक श्री राई र गायिका अनु चौधरीको “तिम्रो साथ” म्युजिक भिडियो शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक भएको छ।
गायक श्री राईकै शब्द रहेको यस गीतमा बादल लिम्बुले संगीत / एरेन्ज गरेका छ। भिडियोमा नायक आकाश श्रेष्ठ र नवमोडल अर्चना काउचा मगरको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोलाई महिला निर्देशक कृष्टी किराँती राईले निर्देशन गरेका हुन्। दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ भने अमृत चापागाइँले भिडियोलाई सम्पादन गरेका छन्। भिडियो यहाँ हेर्नुहोला।