‘दर्पण छायाँपछि’ मा एकसाथ देखिँदै दीलिप, निरुता र उत्तम



एक समयको हिट चलचित्र हो ‘दर्पण छायाँ’ । यस चलचित्रका शीर्ष भूमिकामा निरुता सिंह, उत्तम प्रधान र दिलीप रायमाझीलाई पनि दर्शकले अत्याधिक रुचाए । दर्शकले उनीहरुलाई रुचाएका मात्रै थिएनन् अहिले पनि सँगै हेर्न चाहेका छन् ।

अब भने दर्शकको यो चाहाना पनि पूरा हुने भएको छ । यी तिनै कलाकारलाई चलचित्र ‘दर्पण छायाँपछि’ मा सँगै देख्न पाउने भएका छन् । यो चलचित्रलाई उत्तम प्रधानले निर्देशन गर्ने भएका छन् ।

चलचित्र निरुता र उत्तमले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । ‘दर्पण छायाँ’ सकिएको कथाबाट ‘दर्पण छायाँपछि’ सुरु हुने निरुताले बताएकी छिन् । यो चलचित्रको कथा पनि उत्तम प्रदानले तयार पारेका हुन् ।