मौलिकता खोज्दै ओखलढुंगेली कलाकार अर्जुन गुरुङ्ग

0Shares

पहिलो लोकदोहोरी गीत ”हाम्रो माया छुट्यो दवाबमा ”बजारमा प्रस्तुत गर्दै नेपाली सांगीतीक यात्राको थालनी संगै मौलीक गीतहरुको सिर्जना गर्ने सर्जकको रुपमा आफ्नो छुट्टै पहीचान बनाउन सफल सर्जक गायक अर्जुन गुरुङको लय तथा शब्द सिर्जनामा ”ओठको लालीमा“गीतको भिडियो सार्वजनिक भएको छ ।
अग्रजलाइ सम्मान नयाँलाइ प्रोत्साहन हाम्रो अभियान भन्ने मान्यतालाइ अगाडी बढाउदै आफ्नै कम्पनी अर्जुनदृष्टी ग्रुप अफ इन्टरटेन्टमेन्ट प्राली स्थापना गरि नेपाली गीत संगीतहरु बजारमा प्रस्तुत गर्ने क्रममा निकै मार्मिक लोकदोहोरी गीत बजारमा प्रस्तुत गरिएको छ ।
ओखढुंगेली नव गायक निरज पोखरेलको मौलीक लोक तथा दोहोरी गीत “ओठको लालीमा “ बजारमा आएको छ सार्वजनिक गीतमा गायक निरज पोखरेल र गायिका सम्झना भण्डारीको आवाज रहेको छ भने लय तथा शब्द सिर्जना अर्जुन गुरुङ स्यमको रहेको छ । अर्जुन दृष्टि कम्पनीले नेपालीहरुको महान पर्व दशौं तिहार जस्ता महत्वपुर्ण चार्डपर्वमा समेत आगामी सिर्जना बजारमा ल्याउने तयारीमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

0Shares