मेघा डिजिटलले नया थारु गित “दिल चिरीके” बजारमा ल्याउदै।


साउन ११
मेघा डिजिटल युट्युब चानलले बजारमा ल्याउन लागेको बहु प्रतिक्षित थारु गित “दिल चिरिके” गित को सुटिङ्ग भर्खरै सकिएको छ। मेघा डिजिटल को पोस्ट प्रोडक्सनमा तयार पारिएको यो गितले दर्शकको मन छुने कुरा सन्जु बाबा बताउछन। सन्जु बाबाकै कथा/अवधारणा मा बनेको यो गित मा प्रकाश माझी र गिता चौधरी को सुमधुर आवाज रहेको छ भने चन्द्र मोहन बिस्वासको शब्द र गिता चौधरी को सङ्गीत रहेको छ।
जनक चौधरी ले भिडियो निर्देशन गरेका छन भने रबिन्द्र चौधरी ले क्यामेरा चलाएका छन। यो मीठो गितको भिडियो मा बिनोद चौधरी र अन्दिशा चौधरी ले दम्दार अभिनय गरेका छन। भिडियो मेघा डिजिटल युट्युब च्यानलबाट छिट्टै बजारमा आउने सन्जु बाबाले बताए।