नसोध को तराइ बासी बाट सत्यकला लाई ‘वर्ड नेपाली म्युजिक एवार्ड’ को उपाधी


हालै अमेरिकाको न्युर्योकमा सम्पन्न वल्ड कनेक्शन युएसए ईङव्दारा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा चर्चित गायिका सत्यकला राईले ‘बेष्ट नेशनल सङ्ग’ महिला स्वर तर्फ अवार्ड हात पार्न सफल हुनुभएको छ ।

शब्द विशाल गुरुङ र लक्ष्मी अनुरागी, संगीत शिला ब.मुक्तानको रहेको ‘नसोध को तराई बासि…’ बोलको राष्ट्रिय गीतले उहाँलाई अवार्ड दिलाएको हो । आफ्नो चार महिने साँगीतिक यात्रामा उहाँले अमेरिकाको १७ वटा स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपाली संघ, संस्थाले उहाँलाई सम्मान समेत गरेको थियो ।