कमेडी च्याम्पियन मुर्दाबादको नारा बाजी। खबपु र हिमेशको भोट अन्तर थिएन – ऋचा शर्मा।

39Shares

चैत्र २ / कमेडी रियालिटी शो कमेडी च्याम्पियन का जज ऋचा शर्माले हिमेश र खबपु को भोट धेरै अन्तर थिएन तर बिजेता घोषणा गर्नु परेकोले हिमेशको नाम लिएका हौं भनेर मिडिया सामु बताएका छन।
रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।
धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।
विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।
कमेडी च्याम्पियनमा भोटिङ्गको समय सकिए पछि पनि फेरि भोटिङ्ग समय ४ घन्टा अरु थप गरिएको थियो। जब च्याम्पियन को बिजेतामा हिमेश पन्तको नाम बोलाइयो तब दर्शकमाझ होहल्ला मच्चियो अनि धाधली भएको, भोटिङ डिटाइल सार्बजानिक गर्नु पर्ने माग राखिएको थियो।
च्याम्पियन का जज ऋचा शर्माले मेडियाका अगाडि खबपु र हिमेश पन्तको भोट खास धेरै अन्तर थिएन तर हामिले बिजेता घोषणा गर्नु पर्ने भएकोले हिमेशलाई बिजेता घोषणा गरेका हौं भनेका छन । भिडियो यहााँ हेर्नुहोस।

39Shares