धनकुटा उत्तरपानीमा ल्होछार सास्कृतिक तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

20Shares

२८५७ सोनाम ल्होछार लाङ ल्हो नयाँ वर्षको अवसरमा धनकुटाको उत्तरपानीमा ल्होछार साँस्कृतिक तथा शुभकामना आदन प्रदान कार्यक्रम सनिवार सम्पन्न भएको छ ।
हरेक वर्ष राष्ट्रिय कलाकार काठमाण्डौंवाट झिकाएर मनोरञ्जन लिने गरेका उत्तरपानीवासीलाई यो वर्ष भने स्थानिय कलाकारहरु धनकुटा हिलेकी करुणा राईले पुर्वेली लोकभाकाहरु गाएर मनोरञ्जन दिएका थिए । भोजपुर दिङ्गलाका पासाङ धावा तामाङले विभिन्न ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको चर्चित गीतहरु गाएर माघको जाडोमा पसिना फुट्ने गरी नचाएका थिए । उदयमानी द्धयकलाकारहरुले चर्चित सेलो गायक रोज मोक्तानले गाएको हेलम्वु वजार, खेमराज गुरुङको माछी जालैमा, अमृत गुरुङले गाएको तालको पानी लगायत २ दर्जन भन्दा वढी गीत गाएर हजारौं दर्शकलाई नचाएका थिए । सो अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको स्थलमा स्थानिय युवाहरुले लिङ्गेपिङ्ग समेत लगाएका थिए । साना साना नानीहरु लिंगेपिङमा रमाईलो मान्दै झुमेका थिए ।
‘तामाङ संस्कृति र पहिचानको संरक्षण, जातिय परम्परा प्रवद्र्धनको अभियान’ भन्ने मुलनाराको साथ आयोजना गरिएको कार्यक्रममा स्थानिय तामाङ मौलिक डम्फु सेलो, डम्फु नाच, स्थानिय जलासेग वोर्डिङ्ग स्कुलका विद्यार्थिहरुको डम्फु सेलामा नृत्य, मातृभुमी रंङ्गमञ्च लगायतले विभिन्न सांगितिक प्रश्तुती दिएका थिए । सो अवसरमा ल्होछार सँस्कृतिमा आधारित गितसंगितमा हजारौं दाजुभाई तथा दिदि वहिनीहरुले नाचेर मनोरञ्जन लिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ जिल्ला समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले हरेक जातिको भाषा, संस्कार, संस्कृति वचाउन सकियो भने मात्र पहिचान स्थापित हुने वताए । उनले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिको रक्षा गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानको रुपमा आफुले ल्होछार कार्यक्रमलाई लिएको वताए । अध्यक्ष तामाङले धनकुटाको पाख्रीवास, छथरजोरपाटी, साँगुरीगढी, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिकामा तामाङ समुदायको वसोवास रहेकोले हरेक स्थानिय सरकारले तामाङ जातिको भाषा, संस्कार, संस्कृति वचाउने अभियानलाई सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले नेकपाको २ तिहाईको सरकार सत्तामा पुगेपछि आदिवासी जनजातिहरुलाई विभेद गरेको आरोप लगाए । पछिल्लो समयमा चुनावको घोषणा गरेपछि मात्र यो वर्ष देखी मात्र नेकपाको ओली नेतृत्वको सरकारले साँस्कृति पर्वहरुमा विदा दिन थालेको अध्यक्ष राईले वताए । नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको संघिय गणतन्त्रलाई नेकपा सडक र नेकपा सरकारले षडयन्त्रपुर्वक सिध्याउन लागेको आरोप राईको थियो ।
ल्होछार साँस्कृतिक कार्यक्रम आयोजक समितिका संयोजक तथा उत्तरपानी वजार व्यावस्थापन समितिका अध्यक्ष गजम घिसिङ तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान तथा वृहत सास्कृतिक कार्यक्रममा तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका सहसचिव धनवहादुर मोक्तान, ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान तामाङ, महिला घेदुङका अध्यक्ष पेमा लामा लगायतले ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ताम्वा संघ धनकुटा र पाख्रीवास ९ नम्वर वडा ईकाईले संयुक्त रुपमा डम्फु र वोन्वोको ढ्याग्रो वजाएर सांगसेर्गेम गरेका थिए । कार्यक्रमको संचालन उत्तरपानी स्थित् जलासेग वोर्डिङ स्कुलका फाउण्डर लोकेन्द्र घिसिङ तामाङले गरेका थिए ।

20Shares