धनकुटामा सोनाम ल्होछारको औपचारिक समापन।

25Shares

फागुन १६ धनकुटा ।
तामाङ समुदायले परापुर्वकाल देखी मान्दै आएको सोनाम ल्होछार लाङ ल्हो नयाँ वर्षको विविध कार्यक्रमहरु सनिवार देखी औपचारिक रुपमा समापन भएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाले जनाएको छ ।
घेदुङ जिल्ला समन्वय समितिले विधिवत रुपमा औपचारिक कार्यक्रमको आयोजना गरेर २८५७ लाङ ल्हो सोनाम ल्होछार नयाँ वर्षको सवै खाले कार्यक्रम समापन भएको जनाएको छ । तामाङ समुदायले मञ्जुश्री सम्वत सोनाम ल्होछार हरेक वर्ष माघशुक्ल प्रतिपदा देखी पुर्णिमासम्म (१५ दिन) विभिन्न अन्तरक्रिया, छलफल, शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेर एक आपसमा खुशी साटासाट गरेर मनाउने गर्दछन् ।
सोनाम ल्होछार समापन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले यो वर्षको सोनाम ल्होछार नयाँ वर्षको सवैखाले कार्यक्रम विधिवत रुपमा समापन भएको घोषणा गरे । उनले भने२८५६ झिवा ल्हो मुसा वर्गलाई गएको माघ३० गते देखी विदाई गरेर २८५७ ल्हाङ ल्हो गाई वर्गलाई स्वागत गरिसकिएको छ । सो अवसरमा प्रमुख तामाङले सोनाम ल्होछार नयाँ वर्षले सम्पुर्ण नेपालीहरुमा शान्ती, उन्नती, प्रगती र दिर्घायूको कामना गरे । हरेक घरमा गएको माघ३० गते देखी नै हरेक तामाङ समुदायले ल्हो परम्परा अनुसार सोनाम ल्होछार मनाई सकिएको र आगामी वर्षहरुमा पनि यसरी नै मनाउन पाइयोस भन्दै प्रमुख तामाङले सवैलाई शुभकामना व्यक्त गरे ।
शुभकामना आदन प्रदान कार्यक्रममा वोल्दै कायृक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका संघिय समिति सदस्य लालचन्द्र गोङवाले धनकुटामा गएको माघ३० गते देखी फागुण१५ गतेसम्म आईपुग्दा जिल्लाको दर्जन वढी स्थानमा ल्होछारको औपचारिक कार्यक्रम तथा मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको स्मरण गराए ।
उनले धनकुटा नगरपालिकाको वडा नं.४ स्थित् हिन्छेन छ्योलिङ गुम्वा, धनपा९ वेलहरा, धनपा१० धर्मशाला स्थित् साँङ्गे लुअीच्यान थाम्जे छ्योलिङ गुम्वा, पाख्रीवासको सान्ने स्थित् गुरुपद्म सम्भव वौद्ध गुम्वा, छथर जोपाटी गाउँपालिका वडा नं.४ नाम्जाङ स्थित् वौद्ध गोम्सी गुम्वा, वडा नं.५ परेवादिन स्थित् कर्म थर्पोलिङ्ग गुम्वा, महालक्ष्मी न.पा.को मुर्तिढुङ्गा, चौविसे गाउँपालिकाको कुरुलेतेनुपा स्थित् माने डाँडा, साँगुरीगढी गाउँपालिका वडा नं.२ वुढीमोरङ साल्बोटे स्थित् ह्यारगेन छोप्पा छ्योलिङ गुम्वा, पाख्ीवास५ घोलिखर्क स्थित् डिकुरे वौद्ध माने स्तुपामा ल्होछारको अवसरमा विविध कार्यक्रम यस अघि आयोजना गरिएको स्पष्ट पारे ।
उनले धनकुटाका तामाङ गाउँ वस्तीहरुमा नेपाल तामाङ घेदुङको सशक्तिकरणले गर्दा पनि गाउँगाउँमा एक खालको साँस्कृतिक, भाषिक, एवं धार्मिक एकताको जागरण आएको दावी गरे । अघिल्लो वर्षहरुमा जिल्ला सदरमुकाम धनकुटा वजारमा ल्होछारको औपचारिक समापन हुने गरे पनि यो वर्ष भने हिलेमा आयोजना गरिएको संघिय सदस्य गोङ्गवाले थपे ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न भएको शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा घेदुङका निर्वमान प्रदेश नं.१ का सचिव एवं धनपा१ का वडाध्यक्ष निरेन तामाङ, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, जिल्ला घेदुङका सदस्य जयन्द्र घिसिङ लगायतले मुलुक धर्मनिरपेक्ष भए पनि भाषिक, सामाजिक, साँस्कृतिक एवं धार्मिक रुपमा विभेद कायमै रहेको औल्याएका थिए । कार्यक्रमको व्यवास्थापन व्रदर्श यार्ड हिलेले गरेको थियो भने संचालन जिल्ला घेदुङका सचिव फुर्वा घिसिङले गरेका थिए ।
सो अवसरमा स्थानिय विभिन्न क्लव तथा व्याण्डमा आवद्ध कालकारहरुले आआनो प्रश्तुती दिएका थिए । जस अन्तर्गत हिलेको मंगोस व्याण्ड, पाख्रीवासको फरमुला२१ व्याण्ड, धनकुटाको त्रिवेणी साँस्कृतिक समुहमा आवद्ध कलाकारहरुले दर्जनौ गीत संगित, नृत्य प्रश्तुत् गरेका थिए । साथमा राष्ट्रिय कलाकार नविन खनालले पनि विभिन्न लोकभाकाहरु सांगितिक कोशेलीको रुपमा प्रश्तुती दिएका थिएका थिए । साथमा ताम्वा संघ धनकुटाका डम्फुरेहरुले तामाङ समुदायका मौलिक सेलो समेत प्रश्तुत् गरेका थिए । कार्यक्रममा स्थानियको बाक्लो भिड लागेको थियो ।

25Shares