अमेरिका महमारिको चपेटामा। कोरोनाबाट मर्नेको सङ्ख्या लाख नाघ्यो।


जेष्ठ १४ / संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या लाख नाघेको छ।

बुधबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार त्यहाँ कोरोना भाइरसको संक्रमणले १ लाख ५ सय ७२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ।

तर यीमध्ये २४ लाख ३० हजार ५ सय ९३ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ