२४ घण्टामा ५ हजार ३८५ कोरोना सन्क्रमितको मृत्यु।

8Shares

भदौ १६/ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३८५ संक्रमितको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको थियो । 
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।  

8Shares