धनकुटामा अहिले सम्म १४० जना कोरोना सन्क्रमित

9Shares

पाैष १४ धनकुटा । धनकुटा अस्पतालमा मा स्थापना भएकाे काेभिड १९ RTPCR ल्यावमा हाल सम्म २९ जनाकाे जाँच गर्दा ७ जनाकाे रिपाेर्ट पाेजिटिभ अाएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ । जुन २४.१३ प्रतिशत हाे । त्यसैले जिल्लामा काेभिडकाे महामारी निक्कै वढेकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी गुागाईले जानकारी दिनुभयाे । याे सँग अाज सम्मकाे जिल्लाकाे तथ्यांक अनुसार २ हजार ४ सय ८८ जनाकाे पिसिअार जाँच गरिएकाे छ । जसमध्ये पाेजिटिभ नतिजा अाउनेकाे संख्या १ सय ४० पुगेकाे छ । २ हजार ३ सय ४८ जनाकाे नेगेटिभ नतिजा अाएकाे छ ।
पाेजिटिभ नतिजा अाएका मध्ये निकाे हुनेकाे संख्या १ सय २५ पुगेकाे छ ।
अहिले हाेमआईसाेलेसनमा ७ जना
रहेका छन् ।
मृत्यू हुनेकाे सँख्या ८ जना पुगेकाे छ ।

उता सामाजिक विकास मन्त्रालय विराटनगरकाे तथ्यांक अनुसार धनकुटा वाहिर परिक्षण गराई धनकुटा वाहिर नै रहेकाहरु
जम्मा ६४ जना छन् ।
निकाे भएकाहरुकाे संख्या ६१ जना र निधन भएकाहरुकाे संख्या २ जना छन् । हाेम आईसाेलेसन १ जना रहेकाछन् । यसरी जिल्लामै र जिल्ला वाहिर नमूना संकलन गरिएका मध्ये
कुल संक्रमित संख्या २ सय ४ पुगेकाे छ । ती मध्ये
१८६ जना निकाे भएका छन् ।
मृत्यू हुनेकाे कुल संख्या १०जना पुगेकाे छ भने हाेम आईसाेलेसनमा ८ जना रहेका छन् ।

9Shares