अनेरास्ववियू धनकुटाले प्रहरीलाई छलेर प्रधानमन्त्रीको पुत्ला जलायो।

43Shares

पौष २३ धनकुटा ।
अनेरास्ववियू धनकुटा (नेपाल कम्युनिष्ट पार्टी-नेकपा,प्रचण्ड-नेपाल )समूह निकटले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

विद्यार्थीहरुले प्रहरीको आँखा छल्दै स्थानीय चुवाको बोट चोक नजिकै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।
संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै अनेरास्ववियू धनुकटाले बिहीबार साँझ ओलीको पुत्ला जलाएको हो।
पुत्ला दहन र मसाल जुलुस प्रदर्शन होला कि भनेर जिल्ला प्रहरी कार्यालयले दिनभर चोकचोकमा प्रहरी परिचालन गरेको भए पनि साँझमा प्रहरी हिँडेपछि उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
अनेरास्ववियूूूूका नेता कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका थिए ।
अनेरास्ववियूू केन्द्रीय कार्यालयको सर्कुलरबमोजिम पुत्ला दहन गरिएको नेकपा धनकुटाका विद्यार्थी फ्याक्सन इन्चार्ज हेमचन्द्र किराँतीले बताउनुभयो ।

43Shares