धनकुटामा कोरोनाबाट फेरि १ जनाको मृत्यु। जम्मा मृत्यु संख्या ११ जना पुग्यो।


माघ ६ धनकुटा ।
धनकुटामा काेराेना भाईरस काेभिड-१९ का सक्रिय ४ जना विरामी मध्ये अाज १ जना काे निधन भएकाे छ । याे सँगै काेरानाकाे कारण मृत्यू हुनेकाे सँख्या ११ जना पुगेकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ । स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाई अनुसार धनकुटा नगरपालिका ४ कि ८४ वर्षिय महिलाकाे उपचारकाे क्रममा विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुखद निधन भएकाे हाे । अहिले सम्म जिल्लामा सक्रिय संक्रमित सँख्या २ सय १४ मध्ये निकाे भएकाहरुकाे सँख्या २ सय जना र निधन भएकाहरुकाे सँख्या ११ जना रहेकाे छ । अहिले हाेमआईसाेलेसन ३ जना रहेकाे स्वास्थ्य कार्यलयले जनाएकाे छ । साथै याे अवस्थामा काेराना भाईरस संक्रमणबाट वच्न थप स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य कार्यलय प्रमुख गुरागाईले सबैलाई अनुराेध गर्नुभएकाे छ ।