खुशिको खबर ! नेपालमा कोरोना खोप आयो, अब कोहि मर्ने छैनन।

17Shares

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस विरुद्धको १० लाख डोजको खोप हस्तान्तरण गरेको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री त्रिपाठीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारतीय राजदूत र भारत सरकारलाई धन्यवाद दिए ।

उनले खोप न्यायपूर्ण रुपमा वितरण गरिने बताए । ‘‘नेपाल–भारतको सम्बन्ध जनताको सम्बन्ध हो । यसैको परिणामस्वरूप भारतको उपहार खोप आयो,’’ उनले भने ।

अबको एक हप्तादेखि दश दिनभित्र खोप दिन सुरु गरिने उनले बताए । ‘‘४० लाख डोज थप खोप यो खोप नसकिँदै ल्याउँछौँ । आधारभूत जनसंख्यालाई निःशुल्क खोप दिन्छौँ,’’ उनले भने ।

राजदूत क्वात्राले भारतमा खोप दिन सुरु गरेको एक हप्तामा नेपालमा आइपुग्नु भनेको नेपालका परराष्ट्रमन्त्री र भारतका स्वास्थ्यमन्त्रीको छलफलको परिणाम भएको बताए ।

भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको हो । एअर इन्डियाको विमानमार्फत खोप आइपुगेको हो । कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन हो ।

प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भन्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भन्डारण केन्द्रमा खोप पठाइनेछ ।

भारतमा ३ हजारजनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो । डिसेम्बरको दोस्रो सातासम्म सेरमले ५ करोड डोज कोभिसिल्ड खोप उत्पादन गरिसकेको छ ।

कोभिसिल्ड भारत, बेलायत, अर्जेन्टिनालगायत देशमा वितरण भइरहेको छ भने बंगलादेश, माल्दिभ्स, भुटानलगायत मुलुकमा भारतले अनुदानमा उपलब्ध गराउँदै छ ।

खोपको साइड इफेक्टस्वरूप १० जनामध्ये एकजनामा जीउ भारी हुने, हल्का टाउको दुख्ने, बान्ता हुने, रुघा लागेकोजस्तो हुनेजस्ता लक्षण देखिनसक्छ । त्यस्तै, एक सयमध्ये एकजनामा भने पसिना आउने, रिंगटा लागेजस्तो हुने र छालामा बिमिरा आउनेजस्ता समस्या देखिनसक्ने उत्पादक कम्पनीले जनाएको छ ।

सेरमले भारत सरकारलाई १० करोड डोज खोप २०० रुपैयाँ प्रतिडोज उपलब्ध गराउने प्रतबद्धता गरेको छ भने त्यसपछिको उत्पादन एक हजार प्रतिडोज बजारमा बिक्री गर्ने जनाएको छ ।

चार हप्ताको फरकमा दुईपटक लगाउनुपर्ने यो खोप नेपालमा भने पहिलोपटक आज ल्याइएको हो ।
बाह्र खरी बाट


 

17Shares