हात्तिपाइले रोग विरुध्दाको आम औषधी फागुनमा

18Shares

माघ ९ धनकुटा ।
धनकुटा जिल्लामा यो वर्ष पनि आगामी फागुन २९ गतेदेखी हात्ति पाईले रोग विरुद्धको आम औषधि वितरण कार्यक्रम सञ्चालन हुनेभएको छ । विगत ९ वर्षदेखी यो रोग विरुद्धको आम औषधि जिल्लामा वितरण गरिदै आएको भएपनि यसपटक जिल्लाको डाँडा वजार र लेगुवामा ३-३ सयको दरमा गरिएको रगत परिक्षणमा लेगुवाका ३ जनाको पोजेटिभ रिपोर्ट आएकोले यस पटक पनि औषधि वितरण गर्न लागिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आम औषधि वितरण कार्यक्रममा सहभागी भई यो रोग विरुद्धको औषधि खान स्वास्थ्य कार्यलय धनकुटाले सवैलाई आह्वान समेत गरेको छ । हात्ति पाईले रोग निवारण सम्वन्धि गरिने पर टास (PRe TAS) मा भने धनकुटा जिल्ला पास भएको जनाईएको छ । आगामी दिनमा गरिने TAS1, TAS2, र TAS3 मा पनि पास भै धनकुटा हात्तिपाईले रोग मुक्त जिल्ला हुने अपेक्षा रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

18Shares