मलेसिया सरकार पुरै देश लकडाउन गर्ने तयारी गर्दै ।


मलेसिया /पछिल्लो समयमा मलेसियामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेर भयावह बन्दै गैइरहेको छ।

मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिनहु कम्तिमा ५,६ जना को कोरोना संक्रमणको कारणले मृत्यु भैईरहेको देखिन्छ। हिजोमात्रै सोमबारको दिन एकैदिनमा मृत्यु हुनेको संख्या ११ जना रहेको थियो भने जम्मा मृत्यु हुनेको संख्या अहिलेसम्म ६८९ जना पुगेको छ। संक्रमितको संख्या १ लाख ८६ हजार ८४९ पुगेको छ।

तसर्थ कोरोना संक्रमणलाई मध्य नजर गरेर मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) फेब्रुअरी ४ तारिख सम्मको बढाइएको भएपनि
कोरोना संक्रमण कम नभए पछि कुनैपनि बेला पुरै देशभरी नै लकडाउन गर्न सकिने बताएको छ।

सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले एक पत्रकार सम्मेलनमा बोल्दै भने , “यदि कोरोना संक्रमण यस्तै लगातार क्रमश बढ्दै जाने हो भने हामी देशैभरी कडा लकडाउन गर्न बाध्य हुनेछौं । साथै आर्थिक ब्यापारिक क्षेत्रहरु, कम्पनी , बिधालय लगायत सबै बन्द गर्न सक्ने गरि सरकारले तयारी थालेको बताउनुभयो।”

मलेसिया सरकारले यस् अघि पनि पुरै देश भरि कडा लकडाउन गर्ने प्रयास गरेको थियो तर व्यापक विरोध भएपछि र देशको अर्थतन्त्रनै धरापमा पर्ने देखिएपछि निर्णय कार्वानयन गर्न सकेको थिएन् । अब भने सम्पुर्ण मन्त्रालय र सरोकारवाला निकायको समर्थनमा कडा लकडाउन लगाउने निर्णय जतिबेला पनि लागू,कार्वानयन गर्न सकिने बताएको छ।
बर्नामा बाट