फागुन देखि धनकुटा चौबिसे गापा मा अपाङ्गता स्वास्थ शिबिर तथा परिचयपत्र बितरण शुरु गरिने।

7Shares

माघ २७ धनकुटा ।
आउदो फागुन २ गतेबाट धनकुटाको चौविसे गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परिक्षण तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरिने भएको छ । विशेषज्ञ चिकित्सकहरु मार्फत त्यस्ता व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचय पत्र वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । चौविसे गाउँपालिकाको आयोजना तथा करुणा फाउण्डेशनको सहकार्यमा सञ्चालन हुने शिविरमा पालिका भित्रका सबै प्रकारका अपाङ्गता व्यक्तिहरुको नाक ,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिने छ । शिविरको पहिलो दिन फागुन २ गते वडा नं १ को मुक्तराई स्कुल, ३ गते वडा नं २ को स्वथ्यचौकी शुक्रबारे, ४ गते वडा नं ३ र ४ माथिल्लो भेग वडा कार्यलय , ५ गते वडा नं ४ र ५ तल्लो भेगमा शिविर सञ्चालन हुने छ । भने ६ गते वडा नं ५ को वडा कार्यलय, ७ गते ७ नं वडा कार्यलय, ८ गते ८ नं वडा कार्यलय सोक्रोप्पा, ९ गते वडा नं ६ को स्वाथ्यचौकी राजारानीमा शिविर सञ्चालन हुने छ । शिविरमा आउँदा नागरिता र नागरीकताको फोटो कपी, पास्पोर्ट साईजको फोटो ४ प्रती र पुरानो कार्ड प्राप्त गरेकाले अनिवार्य रुपमा पुरानो कार्ड ल्याउनु पर्ने गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनु भयो ।

7Shares