धनकुटाको डाडा बजारमा दोस्रो प्रार्थमिक्ताको कोरोना खोप दिइयो

16Shares

फागुन ४ धनकुटा
पहिलो चरण अन्र्तगत दोश्रो प्राथामिक्तामा परेका आज सम्म धनकुटाका ६ सय २३ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ । आज जिल्लाको डाँडावजार प्राथामिक स्वास्थ्य केन्द्रको खोप केन्द्रबाट चौविसे र सागुरीगढी गाउँपालिकाका ९७ जना र धनकुटा अस्पतालको खोप केन्द्रबाट १ सय ३३ जनालाई खोप लगाईए सँगै कोरोना विरुद्धको खोप लगायनेको सँख्या ६ सय २३ पुगेको हो । अव भोलि र पर्सि धनकुटा अस्पतालको खोप केन्द्र मार्फत खोप लगाईने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । अहिले जिल्लामा पहिलो चरणको दोश्रो प्रथामिक्तामा परेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनीधि तथा सञ्चारकर्मीहरुलाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको हो ।

16Shares