मलेसियामा फेरि २ हप्ताको लागि लकडाउन थप मार्च ४ सम्म

19Shares

मलेसिया Feb 18
मलेसियामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ साथै मृत्यु हुनेको संख्या पनि उतिकै बढी रहेकोछ। मलेसिया सरकारले गत महिना देखि (MCO) आवगमन नियन्त्रण आदेश लागू गरे पनि संक्रमितको संख्या सङ्ग सङ्गै मृत्यु दरमा केहि न्यून न आएपछि सरकारले संक्रमण को संख्या को आधारमा फेरि मार्च ४ तारिख सम्मको लागि (MCO) अवागमन नियन्त्रण आदेश जारी गरेको छ।
मुख्यतः यी ४ ओटा राज्यमा (MCO) यहि फेब्रुअरी १९ देखि मार्च ४ तारिख सम्म फेरि बिस्तार गर्ने घोषणा यहाका वरिष्ठ सुरक्षा मन्त्री दातुक स्माइल साब्री याकोबले पत्रकार सम्मेलन मा बताएका छन। अत्याधिक संक्रमण को संख्या को आधरमा जोहोर, सेलाङ्गोर, पिनाङ, र क्वालालम्पुर गरि मुख्य ४ राज्यलाई (MCO) बिस्तार गरेको हो। यसै बिच मलेसिया का धेरै क्षेत्र हरुमा कोरोना प्रतिबन्ध हरु हटाउनेछ।
केडा, पेराक, नगरी सिम्बिलान, तेराङ्गनु, केलान्तान, मलाका, पाहाङ्ग, र सावा का साथै अन्य संघीय क्षेत्रको लागि ससर्त आवगमन आदेश (CMCO) पुन बिस्तार हुनेछ साथै उत्तरी राज्य पर्लिस लाई रिकभरी आवगमन आदेश (RMCO) अन्तर्गत राखिने वरिष्ठ सुरक्षा मन्त्री साब्रीले घोषणा गरेका छन।
रक्षामन्त्री समेत रहेका इस्लाइल साब्री याकोबले भने कि अब मनिसहरुले आफ्नो घर बाट १० किलोमीटर भन्दा बधिको दुरिमा यात्रा गर्न अनुमती पाउनेछन। ताकी MCO लागू अन्तर्गत का राज्य हरुमा पनि लागू गरिएको छ। यद्यपि अन्तरराज्यिय र अन्तर जिल्ला यात्राको भने अझै अनुमती दिइएको छैन।
स्मरण रहोस तत्कालिन MCO को समयमा १० किलोमीटर भन्दा बढी को दुरिमा यात्रा अनुमती थिएन।
सिएनए एसिया बाट

19Shares