धनकुटामा १ हजार २ सय १५ जनालाई कोरोना विरूध्दाको खोप प्रदान।


फागुन ६ धनकुटा ।-नरेन्द्र कश्चित

पहिलाे चरणकाे दाेश्राे प्राथमिकतामा परेका धनकुटाका १ हजार २ सय १५ जनालाई कोरोना भाईरस विरुद्धको खोप आजसम्म प्रदान गरिएको छ ।
जसमध्ये महिला ४१३ र पुरुष ८०२ जना रहेकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिनुभयो । प्रमुख गुरागाईँका अनुसार स्वास्थ्यकर्मी ६३,जनप्रतिनीधि १ सय २४, निजामती कर्मचारी ५ सय ३३,
जनपथ प्रहरी ९४, शसस्त्र प्रहरी २,
बैंक तथा वित्तिय कर्मचारी १ सय ६३,
संघ संस्था कर्मचारी १ सय ८१,
न्यायका कर्मचारी ३५ र २० जना पत्रकारलाई खाेप लगाईएकाे हाे । जिल्लामा गत आईतवारदेखी पहिलाे चरणकाे दाेश्राे प्राथामिकतामा परेकाहरुलाई विभिन्न तीन स्थानमा खाेप केन्द्र ताेकी खाेप लगाउन शूरू गरिएकाे थियाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!