धनकुटामा जनसमुदाय स्तरमा कोरोना खोप लगाउन शुरु।


फागुन २३ धनकुटा ।
नेपाल सरकारले आजबाट समूदाय स्तरमा कोरोना भाईरस विरुद्धको खोप लगाउन शूरु गरेको छ । जसअनुसार धनकुटा जिल्लाको पनि प्रत्यक स्थानिय तहमा स्थापना गरिएको खोप केन्द्र मार्फत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई खोप लगाउन शूरु गरिएको छ । सोही कार्यक्रम अन्र्तगत आज जिल्ला भर जम्मा २ हजार ३ सय ९५ जनाले खोप लगाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । जिल्लाका विभिन्न स्थानिय तहका १ सय १५ वटा खोप केन्द्र मार्फत उल्लेखित संख्याका जेष्ठ नागरिकहरुलाई खोप लगाईएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । खोप कार्यक्रमका लागि ३ सय ५० जना तालिम प्राप्त स्वयंसेवक खटिरहेका छन् । यसैवीच शहिदभूमी गाउँपालिकाका २ सय ३७ जनाले आज कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गाउँपालिकाको ८ वटा खोप केन्द्र मार्फत उल्लेखित संख्याका नागरिकलाई २५ भाएल खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्दले जानकारी दिनुभयो ।