धनकुटा शहिदभुमी गाउँपालिका २ को स्वास्थ्य चौकिमा ल्याब सेवा शुरु


चैत्र ४ धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं.-२ साम्वुगाउँ स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन शुरू गरिएको छ ।

स्वास्थ्य चौकीको वर्थिङ सेन्टरको प्रथम वार्षिकोत्सवको अवसरमा ल्याव सेवा शुरू गरिएको शहिदभूमी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रत्न वहादुर राईले वताउनुभयो ।

सहिदभुमि गाउँपालिका र वडाको ८ लाख ५० हजारको लागतमा ल्याव सेवा शुरू गर्न सफल भएको वडा अध्यक्ष राईले बताउनु भयो । ल्याव सेवा शुरू भएसँगै छिन्ताङ्ग क्षेत्रका नागरिकले सामान्यतय व्लड,युरिन परिक्षणको सेवा पाउने वडाध्यक्ष राईले वताउनुभयो ।

ल्याव सेवाको एक कार्यक्रमको वीच गाउँपालिका अध्यक्ष मनोज राई र वडाध्यक्ष रत्न वहादुर राईले उद्घाटन गरेका हुन् ।