हात्तीपाइले निवारण आम औषधी सेवन बारे संचारकर्मीहरूसँग अन्त्तरक्रिया सम्पन्न।

11Shares

चैत्र १७ धनकुटा ।-नरेन्द्र कश्चित

जिल्ला स्वास्थ कार्यालय धनकुटाको आयोजनामा हात्तीपाइले रोग निवारण आम औषधी सेवन विषयमा धनकुटाका संचारकर्मीहरूसँग अन्त्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो ।

धनकुटामा हात्तीपाइले रोग निवारण आम औषधी सेवन कार्यक्रम सफल कसरी पार्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथ अन्त्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

धनकुटामा दशौ पटक यहि चैत्र २० गतेदेखि जिल्लाका ३ सय ४२ केन्द्र मार्फत हात्तीपाइले रोग निवारणको लागि आम औषधी सेवन कार्यक्रम संचालन गरिने अन्त्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिनु भयो ।

चैत्र २० गते तोकिएको केन्द्रमा हात्तीपाइले रोग निवारण सम्बन्धी आम औषधी खुवाइने र २१ देखि २३ गतेसम्म प्रत्येक घर घरमा स्वास्थ्यकर्मी र स्यंवसेवकहरूको टोलीले औषधी खुवाइने कार्यक्रम रहेको प्रमुख गुरागाईँले बताउनु भयो ।

गत साल धनकुटा जिल्लाले ६७ प्रतिशतले हात्तीपाइले रोग निवारण सम्बन्धी आम औषधी खाएका थिए भने यो पटक जिल्लाभरि ९० प्रतिशत औषधी खुवाइने लक्ष्य राखिएको छ ।

हात्तीपाइले रोगको औषधीले कुनैपनि असर नगर्ने हुनले जिल्लाका सबैजनाले औषधी सेवन गरिदिन हुन अन्त्तरक्रिया कार्यक्रममा स्वास्थ्य प्रमुख गुरागाईँले जानकारी गराउनु भयो ।

11Shares