धनकुटामा हात्तिपाइले रोग बिरुद्धको १० औं औषधि सेवन अभियान शुरु।


चैत २० धनकुटा ।
धनकुटा जिल्लामा आजबाट हात्तिपाईले रोग विरुद्धको १० औ चरणको आम औषधि सेवन अभियान शूरु भएको छ । जिल्ला अस्पताल धनकुटामा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान,प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला व्यक्तिहरुको उपस्थितमिा औपचारिक कार्यक्रम गर्दै यो रोग विरुद्धको आमऔषधि सेवन अभियानको शूरुवात गरिएको हो । यो अभियानका लागि जिल्लाको साविक गाविसको साविक वडाहरु ३ सय ४२ केन्दबाट आज औषधि वितरण गरिएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । भोलिदेखी घर घर मै गएर स्वास्थ्यकर्मी र स्वयम्सेविकाहरुले औषधि वितरण गर्ने कार्यक्रम रहेको यहाँले वताउनुभयो । यो अभियानका लागि ३ सय ४२ स्वास्थ्य स्वयम्सेविका र ४ सय वढी स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यलयले जनाएको छ । कार्यलय कै योजना अनुसार २३ गते सम्म र बाकी रहेकाहरुलाई २४,२५ गते सम्म औषधि वितरण गरिने पनि जनाईएको छ । १ लाख ७१ हजार ५ सय २६ जनसंख्या रहेको धनकुटामा यो बर्ष औषधी खान योग्य ९० प्रतिशत जनसंख्यालाई खुवाउने लक्ष राखिएको छ ।