धनकुटा शहिदभुमी गाउपालिका वडा न. ७ मा एक दिने पशु स्वास्थ शिबिर सम्पन्न

0Shares

चैत २१ धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिकामा आज एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा वडा नं ७ को १ सय २२ घरधुरी संख्याका ४ हजार ७ सय २ वटा पशुहरुको जाँच तथा महामारी जन्य रोग विरुद्धको औषधि वितरण गरिएको छ । शिविरमा १७ सय ६५ वाख्रा, ३ सय २९ गाईगोरु, २४ सय ५९ कुखुरा,४८ भैसीलाई आन्तरिक र वाह्य परजीवि विरुद्धको औषधि,भिटामिन र महामारी विरुद्धको एन्टिवाईटिक वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो । १२ वटा कुकरलाई रेविज रोग विरुद्धको खोप पनि लगाईएको छ । गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सम्पन्न शिविरमा वडा सदस्य गोविन्द पौडेल,पशु प्राविधिकहरु हरि कुमार राई,लोकमान राई,वासुदेव वास्कोटा लगायतको उपस्थिती थियो ।

0Shares