ब्रेन ट्युमर पीडित धनकुटा साँगुरीगढी-१० कि देउमायालाई १ लाख बढि अर्थिक सहयोग हस्तानतरण

9Shares

चैत २४ धनकुटा ।-नरेन्द्र कश्चित

ब्रेन ट्युमरबाट पीडित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० कि देउमाया राईलाई १ लाख ३२ हजार संकलन गरिएको आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ ।

धरान ११ लाली गुराँस मार्ग निवासी बिएम राईले बहराईनबाट समाचार हेरेर स्व:स्फुर्त साथीभाईहरुसंग सहयोग संकलन गरेर २८ हजार ९ सय ३० रुपैया र देशमा समेत संकलन गरिएको गरि १ लाख ३२ हजार रुपैया संकलन गरि हस्तान्तरण गरिएको हो ।

यसैगरि सहयोग संकलनको लागि हङ्गकङ्गमा रन्जीता राई ,कोरियामा आकाश राई र अमेरिकामा बसन राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन भइरहेको देउमाया बचाउ अभियानका सहजकर्ता लोजेस राईले जानकारी दिनुभयो ।

ब्रेन ट्युमरको शल्याक्रिया गर्न १२ लाख रुपैया सम्म लाग्ने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाक्याम्पले बताएको समाचार विगत केहिदिन अघि नेपालन्यूजसेन्टर डटकममा प्रकाशन भएपछि पीडित देउमाया राईलाई आजसम्म देश विदेशबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको देउमाया बचाउ अभियानका सहजकर्ता लजेस राईले जानकारी दिनुभयो ।

कृषि पेशामा आश्रित घरपरिवारसँग शल्याक्रियाको लागि रकम अभाव हुने भएपछि गाँउघरमा सहयोग रसिद छपाएर आर्थिक सहयोग संकलन शुरू गरिएको स्थानीय यूवा लोजेश राईले नेपालन्यूजसेन्टरलाई जानकारी दिनु भयो ।

ब्रेन ट्युमर पीडित राईले जति सक्दो चाँडो रकम जम्म गर्न सक्नु भो त्यत्ति नै चाँडो शल्याक्रिया हुने हस्पिटलले जनाएको छ ।

ब्रेन ट्युमरबाट पीडित ३८ वर्षीया देउमाया राई विगत १ बर्षदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा क्याम्पमा उपचाररत रहनु भएको छ ।

ब्रेन ट्युमर पीडित देउमाया राईलाई सहयोग गर्न चाहानेले एन आइ सि एसिया बैंक धरान शाखाको चल्ती खाता नम्बर २७४५७५११२९२९६००१ मा स्वेच्छिक आर्थिक सहयोग गर्न सकिनेछ ।

9Shares